केडीसीले मनाउँदै खेलकुद सप्ताह, बीडीएसका विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रिदै (फोटो फिचर)

काठमाडौँ, ४ फागुन । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)मा अहिले खेलकुद सप्ताह (स्पोटर्स वीक) चलेको छ । बार्षिक कार्य तालिका अनुसार केडीसीले बीडीएसमा अध्ययन्रत विद्यार्थीबीच खेलकुद प्रतियोगिता सञ्चालन गरेको हो हो ।

खेलकुद संयोजक समेत रहेका केडीसीका एसोसिएट प्रोफेसर अर्थोडोन्टिस्ट डा. ज्योति ढकालका अनुसार सोमबारबाट सुरु भएको खेलहरु आगामी शुक्रबारसम्म चल्नेछ ।

डा ढकालले अहिलेसम्म व्याडमिन्टन, टेबुलटेनिस, बास्केटवल सम्पन्न भइसकेको बताउँदै आज इन्डोर क्रिकेट (क्रिक्सल) र आगामी शुक्रबार फुटसल खेल खेलेर खेलकुद सप्ताह सम्पन्न गर्ने योजना रहेको बताए ।

केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले विद्यार्थीहरुबीच अतिरिक्त क्रियाकलाप गराउने बार्षिक कार्यतालिका अनुसार स्पोर्टस वीक सञ्चालन गरेको बताए । ‘खेलले अनुशासन, मानसिक तथा शारीरिक रुपमा स्फुर्ती बढाउने हुनाले यो सबैलाई आवश्यक छ । त्यसैले हामीले शैक्षिक क्यालेन्डरमा खेलकुदको कार्यक्रम पनि राखेका हौँ,’ उनले भने ।

त्यसो त केडीसीले विद्यार्थीहरुलाई नियमित रुपमा अन्य अतिरिक्त क्रियाकपाल पनि गराउँदै आएको छ ।

फोटोफिचर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *