राष्ट्रपति भण्डारीद्धारा आयुर्वेद शिक्षण अस्पताल भवन उट्घाटन

काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पताल भवनको उट्घाट्न गरेकी छन् ।
दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन्।
०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भएको थियो।
नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो । उक्त भवन ३ तला र १ सय ८ कोठाहरु छन् ।
हाल यस विश्वविद्यालयमा उपाधिमूलक तहगत पाठ्यक्रमअन्तर्गत शास्त्री (स्नातक), आचार्य (स्नातकोत्तर) र विद्यावारिधि (पीएचडी) स्तरका साथै आयुर्वेद स्नातक (बीएएमएस) र शिक्षाशास्त्री (बीएड) का गरी २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ