सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स

काठमाडौँ, २ फागुन । झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाले सञ्चालन गरेको महिलाका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

रेडक्रसले मानवीय सेवासँगै यो कार्यक्रम सञ्चालन गरेपछि विपन्नका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम बरदानझै बन्न पुगेको रेडक्रस उपशाखा सभापति चन्द्र साहले बताए ।

साहका अनुसार पालिकाभित्र स्थायी बसोबाससँगै स्वास्थ्य जाँच नियमित गर्ने महिलालाई सुत्केरी हुने क्रममा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्न थालिएको छ ।

चालु वर्षबाट सुरु भएको यस कार्यक्रममा रेडक्रसले आफ्ना दुई वटा एम्बुलेन्स परिचालन गरेको छ । रेडक्रसलाई दातामार्फत पाँच वर्षअघि एउटा एम्बुलेन्स प्राप्त भएको छ । एउटा भने वर्षदिन अघि मात्र पालिकामार्फत उपलव्ध भएको एम्बुलेन्सले सेवा पु¥याउँदै आएको छ ।

सेवा लिन बसोबास खुलेको कागजात, नियमित स्वास्थ्य जाँचजस्ता निश्चित सर्त पूरा गरेको हुनुपर्ने उपशाखा सचिव पारषमणि राई बताउछन् । यस कार्यक्रमबाट ग्रामीण क्षेत्रका सुत्केरी महिला लाभान्वित भएको उनको भनाइ छ ।

चालु आर्थिक वर्ष २०७९÷८० बाट सुरु भएको यस कार्यक्रमबाट हालसम्म एक सय ३४ जनाले सेवा लिएका छन् । सेवा लिने अधिकांश विपन्न समुदाय रहेको तथ्याङ्कमा उल्लेख छ । सुत्केरी महिलालाई अस्पतालसम्म पु¥याएबापत पालिकाले इन्धन र न्यून सेवा शुल्क उपलव्ध गराउँदै आएको सचिव राईले बताए ।

प्रसूति गराउन घरदेखि अस्पतालसम्म लैजान र प्रसूतिपछि घर फर्किनका लागि एम्बुलेन्स प्रयोग गरिन्छ । घरदेखि अस्पताल र पुनः अस्पतालदेखि घरसम्म जान एम्बुलेन्स निःशुल्क पाएपछि अधिकांस सेवाग्रहीले राहतको महसुस गरेको कमल १ की सुत्केरी झलिमाया सन्थालले बताइन् ।

उनले भनिन्,“ कमजोर मात्र होइन,स्वास्थ्य संस्थामा प्रसूति गराउनुपर्छ भन्ने हेक्का नभएका लक्षित वर्गलाई सरकारले उपलव्ध गराउँदै आएको स्वास्थ्य सुविधाको पहुँच पु¥याउन अझै खाँचो छ । ”

पालिकाले महिलाको स्वास्थ्य सुरक्षामा सघाउ पु¥याउन यस कार्यक्रमलाई समावेश गरी नयाँ कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष हुकुमसिंह राई बताउछन् ।

यस कार्यक्रमले महिलाको स्वास्थ्य सुरक्षामा टेवा पुगेको उनको बुझाई छ । कार्यक्रमका लागि पालिकाले रु तीन लाखको बजेट व्यवस्था गरेको छ । कार्यक्रमको प्रभावकारिता तथा सेवागुणस्तर उपयोगी बन्दै गए बजेट बढाउने लक्ष्य राखिएको उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *