स्वास्थ्य पत्रकार मञ्च नेपालको नव निर्वाचित कार्य समितिलाई ‘एपोन’को बधाई

काठमाडौँ, २३ माघ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले स्वास्थ्य पत्रकार मञ्च नेपालको नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । एपोनले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको हो ।
गत २१ माघमा भएको पाँचाँै अधिवेशनबाट मञ्चमा नयाँ कार्यसमिति आएको छ । त्यसको नेतृत्व सरोज ढुंगेलले गरेका छन् ।
बधाई कार्यक्रममा बोल्दै एपोन अध्यक्ष प्रज्वलजंग पाण्डेले नयाँ नेतृत्व आइसकेपछि औषधिका विषयमा थप छलफल र बहस गर्न हुने विश्वास व्यक्त गरे । उनले विगत लामो समय देखि मञ्च र एपोनबीच विभिन्न चरणमा समझदारी हुँदै आएको भन्दै भविस्यमा पनि सहकार्य जारी रहने बताए । ‘हामीले गरेका सकारात्मक कामहरुको यहाँहरुले खुलेर प्रशंसा गर्नुहोस्, बाटो बिराउन लागेमा खवरदारी गर्नुहोस् तर सबैभन्दा बढी सहयोग स्वदेशी उद्योग टिकाउने बातावरणका लागि गर्नुहोस्,’उनले भने ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले एपोनसंग विगत देखि नै औषधिका विषयमा सहकार्य गर्दै आइरहेको भन्दै भविस्यमा पनि सहकार्य गर्ने बताए । उनले औषधिमा आत्मनिर्भरको कुरा गर्दा गुणस्तरमा बढी सम्वेदनशील भइदिन समेत आग्रह गरे । उनले औषधिका विषयमा मञ्चले अन्तरक्रिया आयोजना गर्ने समेत प्रतिवद्धता जनाए ।
मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले आफ्नो कार्यकालमा हुन नसकेका कामहरु नयाँ समितिले गर्ने विश्वास व्यक्त गर्दै एपोनको सहयोगको खुलेर प्रशंसा गरे । उनले औषधिका क्षेत्रमा देखिएका राम्रा कामलाई समर्थन गर्दै आएको समेत बताए ।
कार्यक्रम एपोनका महासचिव विप्लव अधिकारीले सञ्चालन गरेका थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ