२९९८ गणना हुँदा डा. अनिलविक्रम कार्कीको प्यानल अगाडी
काठमाडौँ, २३ माघ । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म कुल २ हजार ९९८ मत गणना हुँदा अध्यक्ष पदमा डा अनिल बिक्रम कार्की अअगाडी देखिएका छन् ।
उनले कुल १ हजार ७१० मत ल्याउँदा निकटतम प्रतिस्पर्धीको रुपमा रहेका डा सन्तोष पौडेलले १ हजार ८८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेद्धार डा शिवजी विक्रम सिलवालले ११२ मत मात्रै पाएका छन् ।
यस्तै महासचिव पदमा डा सञ्जीव तिवारी अगाडी छन् ।
उनले कुल १ हजार ३३४ मत प्राप्त गर्दा डा रक्षा श्रेष्ठले ७५१ मत र डा अमृत भुसालले ७३४ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा डा अमित रञ्जन मिश्रले १ हजार ६१९ मत, डा किशोर खत्रीले १ हजार ५०० मत, डा तेजसुसेन मल्लले १ हजार ४९५ मत, डा योभिन यादवले १ हजार ४२८ मत, डा सृजना विष्टले १ हजार ४१४ मत र पदम नेपाली दर्जीले १ हजार २७० मत प्राप्त गरेका छन् ।
भोट कसको कति ?

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ