कान्तिपुर डेन्टल हस्पिटल र कान्तिपुर इन्स्टिच्युट पोखराले मनायो बार्षिकोत्सव
पोखरा, २२ माघ । मुख स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउँदै आएको संस्था कान्तिपुर डेन्टल हस्पिटल पोखरा २३ औँ बर्ष पुरा गरेको छ । यस्तै दाँत सहित स्वास्थ्यका विभिन्न विधामा मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स १९ औँ बसन्त पार गरेको छ ।
आइतबार पोखरामा आयोजित विशेष समारोहमा यी दुबै संस्थाका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले केक काटेर बार्षिकउत्सव मनाए ।
डा श्रेष्ठका अनुसार कान्तिपुर डेन्टल अस्पताल पहिले काठमाडौँमा २०५४ सालमा खुलेको थियो । त्यसको दुई वर्ष पछि अर्थात २०५६ सालमा पोखरामा पनि शाखाको रुपमा कान्तिपुर डेन्टल अस्पताल खुलेको हो ।
यस्तै स्वास्थ्य जनशक्ति उत्पादनका लागि विसं २०६२ साल देखि कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स सञ्चाचलमा आएको हो । यसमा अहिले सीटीईभीटीका डेन्टल हाइजिनिस, डिप्लोमा इन फार्मेसी, पीसीएल ल्याव टेक्नोलोजी र पीसीएल रेडियोग्राफी सञ्चालन हुँदै आएको छ ।
इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले बार्षिकोत्सवको अवसरमा अस्पताल तथा कलेजले निशुल्क दन्त शिविर तथा विद्यार्थीबीच विभिन्न खालका प्रतिस्पर्धा गराएको बताए । उनले आगामी दिनमा यी दुई संस्थाले प्रदेशका ११ वटै जिल्लामा सेवा उपलव्ध गराउने गरीी काम अघि बढाएको बताए ।