काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालले सुरु गर्यो मिर्गौला प्रत्यारोपण सेवा
काठमाडौँ, २० माघ । सिनामंगलस्थित काडमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । केएमसीले गत १५ माघमा लमजुङका ५० बर्षीय धनराज घलेको मिर्गौला प्रत्यारोपण गरेको हो । उनलाई श्रीमती होमकुमारी गुरुङले मिर्गौला दान गरेकी हुन् ।
प्रत्यारोपण गरेका घलेको स्वास्थ्यमा सुधार आएपछि २० माघ (आज) अस्पतालबाट डिस्चार्ज भएका छन् ।
केएमसीका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले शिक्षण अस्पतालको पहिलो प्रयासले सफलता प्राप्त गरेकोले प्रत्यारोपणले निरन्तरता पाउने बताए ।
अस्पतालको युरोलोजी विभागको नेतृत्वमा मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रत्यारोपणमा नफ्रोलोजी, एनेस्थेसिया, रेडियोलोजी, सर्जरी डिपोर्ट मेन्ट, स्टाफ नर्सहरूको सहभागिता रहेको थियो ।
त्यसो त केएमसीले कलेजो प्रत्यारोपणका लागि पनि तयारी गरिरहेको छ ।
अस्पताल प्रमुख प्राडा श्रेष्ठले अस्पतालको तर्फबाट कलेजो प्रत्यारोपणका लागि सम्पूर्ण तयारी पूरा भएको बताए ।
स्वास्थ्य मन्त्रलायको निरीक्षण टोलीले अनुगमन गरी प्रत्यारोपणका लागि स्वीकृत दिएपछि कलेजो प्रत्यारोपण सुरु गर्ने श्रेष्ठको भनाइ छ ।