एकीकृत समाजवादीका नेता भुसाल अस्पताल भर्ना
काठमाडौँ, २० माघ । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । पार्टी कार्यालय आलोकनगर जान आफैं गाडि चलाएर हिँडेका भुसाल बानेश्वरमा बेहोस भएका थिए ।
उनलाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।