बागलुङमा फेरि एक पुरुषले गरे आत्मदाहको प्रयास, उपचारका लागि पोखरा ल्याइँदै

काठमाडौँ, १८ माघ । बागलुङमा फेरी एक जना पुरुषले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।

बुधबार बागलुङ नगरपालिका ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले घरभित्रै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो ।

शरीरमा पेट्रोल छर्केर आगो लगाएर घाइते भएका उनलाई उपचारका लागि धौलागिरी अस्पतालबाट थप उपचारका लागि पोखरा लगिँदै गरेको बताइएको छ ।

घरमा कोही नभएको बेला जिसीले घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । यद्यपि, के कारणले उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे भन्नेबारे यकिन जानकारी आएको छैन । यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।

केही दिनअघि संसद भवन अगाडी आफैलाई आगो लगाएका इलामाका ३७ वर्षीय प्रेम आचार्यको निधन भएको थियो । त्यसैगरी पोखरा महानगरको काहुँखोलामा कृष्णबहादुर क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए ।

उनलाई बचाउन खोज्दा संगीता कोसापकोटा जलेर गम्भीर घाइते भइ उपचारका क्रममा उनको निधन भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *