आईओएमका विद्यार्थी र प्रहरीबीच झडप

काठमाडौँ, १० माघ । काठमाडौँको महाराजगंजस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थान(आइओएम)का विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

आइओएमको डीन कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रहरीले तोडेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए ।

प्रहरीले सामान्य लाठी प्रहार गरेको छ र केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले  कलेजले विद्यार्थीहरुलाई अनिवार्य रुपमा छात्रावास उपलब्ध नगराएको र होस्टलमा बसेकाहरुलाई पनि हटाउन खोजे को भन्दै कलेजविरुद्ध आन्दोलन गरिरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *