स्वास्थ्यकर्मीको निधन प्रति महासंघद्धारा दुख व्यक्त
काठमाडौँ, ८ माघ । चार जना स्वास्थ्यकर्मीहरुको ज्यान जाने गरी आज विहान सुर्खेतमा भएको दुर्घटना प्रति नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले गहिरो दुख व्यक्त गरेको छ ।
महासंघले शोक वक्तव्य जारी गर्दै दुर्घटनाबाट कर्मठ तथा इमान्दार स्वास्थ्यकर्मीहरु एवं स्वास्थ्य व्यवसायीको निधन भएको भन्दै स्वास्थ्य क्षेत्र र महासंघलाई अपूरणीय क्षति पुगेको बताएको छ ।
विहान करीव साढे २ बजे वीरेन्द्रनगर नगरपालिका ११ झुप्रा खोलामा भएको जीप दुर्घटनामा महासंघको दैलेख जिल्ला सचिवालय सदस्य राजेन्द्र जिसी, जिल्ला कमिटि सदस्यहरु बविन शाही, स्वास्थ्यकर्मी दीपेन्द्रजंग शाही, र स्वास्थ्य व्यवसायी सागर शाहीको घटनास्थलमै मृत्यु भएको थियो ।