दादुरा प्रभावित नेपालगञ्ज क्षेत्रमा पुगे स्वास्थ्य मन्त्री गिरी

काठमाडौँ, ८ माघ । दादुरा प्रभावित क्षेत्रको अनुगमनका लागि शनिबार बेलुका नेपालगञ्ज पुगेको स्वास्थ्य मन्त्री पदम गिरीको नेतृत्वको उच्चस्तरीय टोली आज विहानै देखि प्रभावित क्षेत्रको अनुगमनमा निस्कने भएको छ ।

अहिले विहान दादुरा अति प्रभावित क्षेत्र फुलटेक्रा र गणेशपुर क्षेत्रमा मन्त्री नेतृत्वको टोलीले अनुगमन गर्ने बताइएको छ । त्यहाँ त्यहाँ गएर प्रभावित क्षेत्रका बासिन्दाका गुनासा सुन्ने र खोप केन्द्रमा पुगेर निरीक्षण गर्ने कार्यक्रम रहेको टोलीमा संगै रहेका मन्त्रालय नीति योजना महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले भने ।

मन्त्री गिरी नेतृत्वको टोलीले आजै भेरी अस्पतालको अनुगमन तथा निरीक्षण गरी विस्तारित डायलासिस सेवाको उदघाटन गर्ने, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

त्यसो त मन्त्री गिरीको टोलीले शनिबार साझ नेपालगञ्जमा पुगेपछि स्थानीय चिकित्सक तथा स्वास्थ्यकर्मीसंग दादुरा प्रकोप तथा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको विषयमा केन्द्रीत रहेर अनौपचारिक छलफल समेत गरेको थियो । छलफलमा स्वास्थ्यकर्मीहरुले सरकारले गर्नु पर्ने कामका प्राथमिकता औल्याईँ दिएका थिए ।

अनुगमनमा स्वास्थ्यमन्त्री गिरीसंगै स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, नीति योजना महाशाखा प्रमुख डा पौडेल लगायतको टोली रहेको छ ।

पछिल्लो केही हप्ता देखि बाँकेमा देखा परेको दादुरा अहिले सुर्खेत, बर्दिया र दाङमा समेत देखा पर्न थालेको छ । यद्धपी यसको प्रकोप नियन्त्रण उन्मुख रहेको बताइएको छ ।

मन्त्रीको टोली आजै अपरान्ह काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *