चिकित्सक संघको निर्वाचन : उपत्यका बाहिर खस्यो ३ हजार ६५० मत

काठमाडौँ, ७ माघ। नेपाल चिकित्सक संघको निर्वाचनमा काठमाडौँ उपत्यका बाहिर ३ हजार ६ सय ५० मत खसेको छ। निर्वाचनको पहिलो दिन शुक्रबार १ हजार ८७८ मत खसेको थियो ।

संघको केन्द्रीय कार्यकारिणी समिति २०७९ – ०८२ निर्वाचन अन्तरगर्त शुक्रबार र शनिवार काठमाडौँ उपत्यका बाहिरका १६ मतदान केन्द्रमा मतदान भएको थियो।

निर्वाचन समितिले दिएको जानकारी अनुसार जनकपुरमा ३९३, जुम्लामा २३, कोशीमा ४९३, लहानमा ४३, लुम्बिनीमा २६५, भेरीमा १९७, चितवनमा ५३०, दाङमा ९६, धरानमा २८५, गण्डकी ४०६,मेचीमा १५५, सगरमाथामा ५०, नारायणीमा ४००, पाल्पामा ६३,, सेतीमा २०२ र सुर्खेतमा ४९ मत खसेको छ ।

तयसैगरी काठमाडौँ उपत्यकामा भने माघ १९, २० र २१  गरी तीन दिन निर्वाचन हुँदैछ।

निर्वाचनमा डा सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह, डा अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह र डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल प्रतिस्पर्धामा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *