स्वास्थ्य मन्त्री गिरीको नेतृत्वमा मन्त्रालयको उच्चस्तरीय टोली दादुराप्रभावित क्षेत्रको निरीक्षणमा जाँदै

काठमाडौँ, ७ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी आज दादुरा प्रभावित जिल्ला बाँके जाँदैछन्। दादुरा नियन्त्रणको अवस्था, खोप अभियानको अवस्था बारे बुझ्न स्वास्थ्यमन्त्री सहितको टोली आज अपरान्ह बाँके जान लागेको हो ।
मन्त्रीको टोलीमा स्वास्थ्य सचिव डा रोशन पोख्रेल, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल पनि जानेछन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह नेतृत्वको एक टोली भने हिजो नै स्थल मार्ग हुँदै बाँके गएको छ ।
संसदमा उपसभामुख चयनको निर्वाचन भएकोले त्यसमा सहभागी भएर आज मन्त्रीको टोली अपरान्ह त्यस तर्फ लाग्ने बताइएको छ ।
उप सभामुखको चयनको कार्यक्रममा सहभागिता जनाएर अपरान्ह तिर जाने कार्यक्रम छ । मन्त्री गिरीको सचिवालयका सदस्य रामजी सापकोटाले भने ।
यता नीति योजना महाशाखा प्रमुख पौडेललले भने । आज साँझ नेपालगञ्ज पुग्ने र भोली स्थलगत निरीक्षणमा लाग्ने बताए ।
नेपालगञ्ज क्षेत्रमा मात्रै हालसम्म २४६ जनामा दादुरा देखिएको छ । त्यसमा २ सय खजुरामा १८, नरैनापुरमा १५, डुडुवामा ८ र कोहलपुरमा ५ पाइएको हो । बाँके जिल्लामा हालसम्म ६८ हजार २२१ जनाले दादुरा विरुद्धको खोप पाएका छन् भने ४८ हजार ८२२ जनालाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



