स्वास्थ्य मन्त्री गिरीको नेतृत्वमा मन्त्रालयको उच्चस्तरीय टोली दादुराप्रभावित क्षेत्रको निरीक्षणमा जाँदै

काठमाडौँ, ७ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी आज दादुरा प्रभावित जिल्ला बाँके जाँदैछन्। दादुरा नियन्त्रणको अवस्था, खोप अभियानको अवस्था बारे बुझ्न स्वास्थ्यमन्त्री सहितको टोली आज अपरान्ह बाँके जान लागेको हो ।

मन्त्रीको टोलीमा स्वास्थ्य सचिव डा रोशन पोख्रेल, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल पनि जानेछन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह नेतृत्वको एक टोली भने हिजो नै स्थल मार्ग हुँदै बाँके गएको छ ।

संसदमा उपसभामुख चयनको निर्वाचन भएकोले त्यसमा सहभागी भएर आज मन्त्रीको टोली अपरान्ह त्यस तर्फ लाग्ने बताइएको छ ।
उप सभामुखको चयनको कार्यक्रममा सहभागिता जनाएर अपरान्ह तिर जाने कार्यक्रम छ । मन्त्री गिरीको सचिवालयका सदस्य रामजी सापकोटाले भने ।

यता नीति योजना महाशाखा प्रमुख पौडेललले भने । आज साँझ नेपालगञ्ज पुग्ने र भोली स्थलगत निरीक्षणमा लाग्ने बताए ।

नेपालगञ्ज क्षेत्रमा मात्रै हालसम्म २४६ जनामा दादुरा देखिएको छ । त्यसमा २ सय खजुरामा १८, नरैनापुरमा १५, डुडुवामा ८ र कोहलपुरमा ५ पाइएको हो । बाँके जिल्लामा हालसम्म ६८ हजार २२१ जनाले दादुरा विरुद्धको खोप पाएका छन् भने ४८ हजार ८२२ जनालाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *