यति एयरलायन्स विमान दुर्घटना :

त्रिवि शिक्षण अस्पतालबाट दुई जना फरेक्सिक विज्ञ पोखरा पठाइयो

काठमाडौँ, २ माघ ।  आइतबार विहान भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परेका यात्रुको शब पहिचान तथा पोष्टमार्टमलाई सघाउन त्रिवि शिक्षण अस्पतालबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पठाइएको छ ।

शिक्षण अस्पतालबाट फरेन्सिक विज्ञ डा गोपाल चौधरी र डा समारिका दाहाललाई पोखरा पठाइएको हो ।

एयर डाइनोस्टिक हेलिकप्टरबाट उनीहरुलाई पोखरा पठाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए ।

त्यसो त पोष्टमार्टम तथा फरेन्सिक जाँचका लागि पोखरामै पाँच जना विज्ञहरु छन् । काठमाडौँबाट गएका थप विज्ञहरुले काममा सघाउने डा अधिकारीले बताए ।

अहिले सम्म दुर्घटनामा परेका ६९ जना यात्रुको शव फेला परेको छ । बाँकी तीन जना शिशु तथा बालबालिकाहरुको शव भेटिएको छैन् ।
डा अधिकारीले पहिचान भएका र त्यहिको स्थानीय यात्रुहरुको शवलाई पोखराबाटै पोष्टमार्टम गरी आफन्तलाई बुझाउने व्यवस्था भएको बताए । उनले चालक दलका सदस्य, विदेशी नागरिक तथा पहिचान नखुलेका अन्य यात्रुहरुको शव काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पतालबाट पोष्टमार्टम गरेर जिम्मा लगाइने तयारी भएको बताए ।

हिजोको दुर्घटना भएको जहाजमा २५ महिला, ३७ जना पुरुष, ३ जना शिशु, ३ जना बालक सहित ५३ जना नेपाली यात्रु, भारत सहित विभिन्न देशका गरी १५ जना विदेशी यात्रु र चार जना चालक दलका सदस्य गरी कुल ७२ जना सवार थिए ।

१२ वटा शव बहान तयारी अवस्थामा
यसैबीच पोखराबाट आउने शवलाई त्रिभुवन विमानस्थलबाट शिक्षण अस्पतालसम्म पुर्‍याउन १२ वटा शब वहान तयारी अवस्थामा राखिएको छ । अरु ८ वटा शव बहान आवश्यकताका आधारमा उपलव्ध हुने गरी सम्पर्कमा रहेको डा अधिकारीले बताए । पोखराबाट आउने शव संख्याको आधारमा शव वहान परिचालन गरिने व्यवस्था मिलाइएको उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *