जापानमा एकैदिन २ लाख भन्दा बढीमा कोरोना संक्रमण, २७१ को मृत्यु

216
Shares

काठमाडौँ, १३ पुस । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको छ ।

जापानको स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार एकै दिनमा दुई लाख २ हजार ८५३ जनामा संक्रमण देखिएको हो । यो संख्या अगष्ट १९ पछिकै सबैभन्दा धेरै हो । गत अगष्ट १९ मा जापानमा दुई लाख ६१ हजार २५२ जनामा संक्रमण देखिएको थियो ।

जापानमा कारोना भाइरसको नयाँ उपप्रजाति द्रुत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा छिटो फैलिने अधिकारीहरुले जनाएका छन् । कोरोना संक्रमणबाट जापानमा पछिल्लो २४ घण्टामा मात्रै २७१ जनाको ज्यान गएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *