अतिरिक्त स्वास्थ्य सचिवमा बढुवाका लागि डा. श्रेष्ठ, डा. देवकोटा र डा. बाराकोटीको नाम सिफारिस

काठमाडौँ, ७ पुस । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिव ( स्वास्थ्य समूहको अधिकृत १२ औँ तह)मा तीन जनाको नाम सिफारिस गरेको छ ।

आज स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका डा टंक बराकोटीको नाम सिफारिस गरेको छ ।

समितिले एक नम्बरमा डा श्रेष्ठ, दुई नम्बरमा डा देवकोटा र तीन नम्बरमा डा बराकोटीको नाम सिपारिस गरेको हो ।

अतिरिक्त स्वास्थ्य सचिवमा दुई पद रिक्त छ ।

यसअघि बढुवा समितिले गत ३० कात्तिकमा प्रकाशित सूचनामा स्वास्थ्य सेवा ऐनको दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्न भन्दै योग्यता पुगेका कर्मचारीलाई व्यक्तिगत विवरण पठाई प्रतिस्पर्धामा सहभागी हुन भनिएको थियो । सोही अनुसार २१ जनाले व्यक्तिगत विवरण बुझाएका थिए ।

स्वास्थ्य सेवा ऐनको दफा २५ (२) मा ‘रिक्त पदको कम्तीमा ५० प्रतिशत थप उम्मेद्धारलाई कार्य सम्पादन क्षमताको आधारमा सिफारिस गर्नेछ र त्यसरी सिफारिस गरिएका उम्मेद्धारमध्येबाट नेपाल सरकारले जेष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त ठहरयाएका उम्मेद्धारलाई बढुवा गर्नेछ,’ भनिएको छ ।
तीन जनाको सिफारिस पनि दफा २५ (२) अनुसार भएको बताइएको छ ।

समितिको सिफारिस पछि अव बस्ने मन्त्रिपरिषदको बैठकले यहि तीन मध्येबाट दुई जनालाई अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्नेछ ।

 

– अतिरिक्त स्वास्थ्य सचिव बनाउन शुक्रबार बस्यो बढुवा समितिको बैठक, के भयो निर्णय ?

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर