अतिरिक्त स्वास्थ्य सचिव बनाउन शुक्रबार बस्यो बढुवा समितिको बैठक, के भयो निर्णय ?

काठमाडौँ, १ पुस । अतिरिक्त स्वास्थ्य सचिव (स्वास्थ्य सेवाको अधिकृत बाह्रौँ तह)मा क – कसको नाम सिफारिस गर्ने भन्ने विषयमा छलफल गर्न शुक्रबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बढुवा समितिको बैठक बसेको छ ।

स्वास्थ्यमा दुईवटा अतिरिक्त स्वास्थ्य सचिव ( स्वास्थ्य सेवाको अधिकृत १२ औँ तह) खाली रहेको छ ।

रिक्त रहेको ती पदमा बढुवा गर्न समितिले गत ३० कात्तिकमा सूचना प्रकाशित गर्दै योग्यता पुगेकाहरुले एघारौँ तहका अधिकृतहरुले १५ दिन व्यक्तिगत विवरण सचिवालयमा पेश गर्न भनेको थियो ।

स्वास्थ्यको बाह्रौँ तहमा रिक्त दुई पदका लागि बढुवा प्रक्रिया अघि बढ्यो

– अतिरिक्त सचिवमा बढुवाका लागि २१ जनाले बुझाए व्यक्तिगत विवरण

सोही अनुसार तोकिएको अवधी भित्र २१ जनाले व्यक्तिगत विवरण बुझाएका थिए ।

शुक्रबारको बैठकमा त्यहि व्यक्तिगत विवरण र मूल्यांकनको विषयमा छलफल भएको छ ।

‘आज व्यक्तिगत विववरण बुझाउनेहरुको फाइल खोलिएको छ । अब फारममा उल्लेखित विवरणको क्रस चेक गर्ने, बढुवाका लागि आवश्यक विधि प्रक्रिया अनुसार अघि बढ्ने भन्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक जना सदस्यले भने ।

उनले बढुवा समितिको बैठक आगामी बुधबार पुन बस्ने गरी टुंगिएको छ । ‘सम्भवत आगामी बुधबारसम्म २१ जनाले बुझाएको व्यक्तिगत विवरण र त्यसबाट को अघि र को पछि रहेको भन्ने विषयमा निस्कर्ष निस्कन्छ । त्यसबेलाको बैठकले बढुवाका लागि क कसलाई सिफारिस गर्ने भन्ने सम्मको निर्णय गर्न सक्छ,’ ती सदस्यले भने ।

बढुवा समितिको सूचनामा स्वास्थ्य सेवा ऐनको दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्ने भनिएको छ ।

दफा २५ (२)मा ‘रिक्त पदको कम्तीमा ५० प्रतिशत थप उम्मेद्धारलाई कार्य सम्पादन क्षमताको आधारमा सिफारिस गर्नेछ र त्यसरी सिफारिस गरिएका उम्मेद्धारमध्येबाट नेपाल सरकारले जेष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त ठहरयाएका उम्मेद्धारलाई बढुवा गर्नेछ,’ भनिएको छ ।

बढुवा समितिमा लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोक सेवा आयोगको सदस्य अध्यक्ष हुने प्रावधान छ । यस्तै लोक सेवा आयोगको अध्यक्षले तोकेको आयोगको सदस्य पनि सदस्य हुने व्यवस्था छ ।

मुख्य सचिव, लोक सेवा आयोगद्धारा मनोनित सम्वन्धित विषयको विशेषज्ञ पनि सदस्य हुने प्रावधान छ । समितिमा स्वास्थ्य मन्त्रालयको सचिव सदस्य रहने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *