एम्सले भन्यो – सुर्तीजन्य पर्दा सेवन गरेको भेटिए चिकित्सक माथि समेत आर्थिक र अनुशासनको कारवाही हुन्छ

नयाँ दिल्ली, भारत । दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)लाई सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गरिएको छ । यो घोषणासंगै एम्स परिसरमा कसैले पनि चुरोट, सुर्ती, बिँडी, गुडखा लगायतका सुर्तीजन्य पदार्थ गर्न पाउने छैन् । सेवन गरेको भेटिए जरिवाना सहित अनुशासनको कारवाही हुने बताइएको छ ।

डाक्टर, नर्स तथा अस्पतालका अन्य कर्मचारीले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइए अनुशासनको कारवाही हुनेछ । यसमा जागिर समेत जान सक्ने बताइएको छ ।

यस्तै विरामी वा तिनका कुरुवा वा आफन्तले सेवन गरेको पाइए २०० रुपैयाँसम्म जरिवाना हुने बताइएको छ ।

जारी गरिएको सूचनामा करारका कर्मचारीले सुर्तीजन्य पदार्थ सेवन गरेमा तत्काल बर्खास्तीमा पर्नेछन् । यदि कोही स्थायी चिकित्सक तथा कर्मचारीहरुले यस्तो गरेको पाइए उनीहरुमाथि अनुशासनको कारवाही अगाडी बढाइने बताइएको छ ।

भारतमा अस्पताल, स्वास्थ्य संस्था, शिक्षण संस्था, सरकारी संस्था, कार्यस्थल तथा क्यान्टिन जस्ता स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेको पाइए जरिवाना तिर्नुपर्ने बताइएको छ ।

भारतमा सन् २००३ मा नै सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कानून बनेको थियो । त्यसबेला चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन (विज्ञापन गर्न निशेध गर्न निर्देशिका ल्यायएको थियो । त्यहि नियमलाई अब कडाईका साथ कार्यान्वयन गर्न लागिएको हो ।

भारतमा अस्पताल परिसरमा चुरोट, बिडी तथा गुड्खा खानेहरु अहिले पनि प्रशस्त भेटिने गरेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *