दक्षिण कोरियामा एकै दिन ८४ हजारभन्दा बढी कोरोना सङ्क्रमित

48
Shares

सोल, २८ मंसिर । दक्षिण कोरियामा एकै दिनमा ८४ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । गएरातिको तथ्याङ्कमा यतिधेरै सङ्क्रमित भेटिएको देखिएको छ ।

यो समेतगरी यहाँ दुई करोड ७९ लाख भन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

यहाँ केही दिनयतादेखि दैनिक कम्तीमा पनि ८० हजार जना सङ्क्रमित पाइएका पनि अधिकारीले जनाएका छन् । तर यो अघिल्लो दिनको ८६ हजार आठ सय ५२ जना सङ्क्रमितको तुलनामा भने केही कम हो ।

यहाँ अघिल्लो हप्ता भने ७४ हजार भन्दा धेरै सङ्क्रमित पाइने गरेको थियो । त्यसका तुलनामा यहाँका सङ्क्रमितमा कमी आएको हो ।

दक्षिण कोरियामा यो जाडो मौसममा पनि कोरोना भाइरसका सङ्क्रमितहरुमा उल्लेख्य मात्रामा कमी आाउन सकेको छैन । यहाँ अघिल्लो हप्ताभरि औसतमा ६३ हजार जना दैनिक सक्रमित देखिने गरेको थियो ।

पछिल्लो दिन यहाँ ४६ जनाको यो सङ्क्रमणबाट ज्यान गएको छ । यो समेतगरी यहाँ ३१ हजार जनाभन्दा बढीको कोभिडबाट ज्यान गएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *