प्रदेश-१ मा स्वास्थ्यका थप १२४ जनालाई स्थायी हुने अवसर, कुल मागसंख्या ६०७ पुग्यो
काठमाडौँ, २६ मंसिर । प्रदेश लोकसेवा आयोग विराटनगरले स्वास्थ्य सेवा तर्फको चौथो र पाँचा तहमा स्थायी पदपूर्तिका लागि गत ५ मंसिरमा प्रकाशित गरेको माग संख्यामा थप गरेको छ ।
आयोगले आज सूचना प्रकाशित गर्दै हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अनमी तथा ल्याव असिस्टेन्ट गरी कुल १२४ जना थप गरेको हो ।
यसअघि आयोगले ४८३ जनाका लागि दरखास्त आव्हान गरेको थियो । त्यसमा आजको समेत गरी अब कुल ६०७ जनाका लागि स्थायी हुने अवसर बनेको छ ।
हेर्नुहोस सूचना