बङ्गलादेशमा कोभिड – १९ विरुद्धको खोपको चौथो मात्रा

ढाका, २१ मंसिर । बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ ।

कोभिडविरुद्धको चौथो माात्रा ढाकाका सात खोप केन्द्रहरूमा परीक्षणको आधारमा डिसेम्बर २० मा उपलब्ध गराइने मङ्गलबार ढाकामा पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएनएस)का वरिष्ठ अधिकारी अहमदुल कबीरले घोषणा गरेका छन् ।

त्यसपछि ६० वर्षभन्दा माथिका व्यक्ति, अग्रपंक्तिमा काम गर्ने कामदारहरुलाई खोप लगाउन अभियानलाई विस्तार गरिने उनले बताएका छन् ।

बङ्गलादेशले चौथो खोप २ करोडभन्दा बढी मानिसलाई उपलब्ध गराउने लक्ष्य राखेको अधिकारीहरुले जानकारी दिएका छन् ।

देशमा हालसम्म १२ करोड ६० लाखभन्दा बढी मानिसहरूल कोभिड १९ खोपको कम्तीमा दुई डोजहरू प्राप्त गरिसकेका छन् । यहाँँ ६ करोड २० लाखभन्दा बढी मानिसहरुले बुस्टर मात्रा प्राप्त गरेका छन् ।

बङ्गलादेशले एस्ट्राजेनेका, सिनोफार्म, मोडेर्ना, फाइजर, सिनोभ्याक र जोन्सन एन्ड जोन्सनले विकास गरेको कोभिड–१९ खोपहरू प्रयोग गर्दै आएको छ ।

बंगलादेशले महामारीलाई नियन्त्रण गर्न गत वर्ष जनवरीमा कोभिड–१९ खोप अभियान सुरु गरेको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *