चीनका प्रमुख शहरमा कोभिड-१९ प्रतिबन्ध खुकुलो पारिँदै

80
Shares

काठमाडौँ, १८ मंसिर । चीनले प्रमुख शहरमा कोभिड- १९ प्रतिबन्धहरू न्यून गर्न कदम जारी राखेका छन् । चिनियाँ अधिकारीहरूका अनुसार सेन्जेन र बेइजिङलगायत धेरै शहरहरूमा अब सार्वजनिक यातायात चढ्न कोभिडको नेगेटिभ टेस्ट आएको रिपोर्ट देखाउन आवश्यक नपर्ने भएको छ ।

चीनमा कोभिड संक्रमण दर तीब्र ढंगले बढिरहको र सरकारको कठोर कोभिड नीतिप्रति सर्वसाधारणले आक्रोश जनाइरहेका बेला सरकारले प्रतिबन्धलाई क्रमशः न्यून गर्दै लगेको हो । ती क्षेत्रमा यात्रुहरूले अब सार्वजनिक यातायात प्रयोग गर्न वा फार्मेसीहरू, पार्कहरू र पर्यटकी क्षेत्रमा प्रवेश गर्दा कोभिड टेस्टको नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भएको छ ।

तर, सपिङ मलमा जाँदा भने पछिल्लो २४ घन्टामा कोभिड नेगेटिभ आएको रिपोर्ट पेस गर्नुपर्छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *