कोभिड नियम नमान्नेलाई दमन गर्ने चीनको नीति

बेइजिङ, १४ मंसिर । चीनको शीर्ष सुरक्षा एजेन्सीले सप्ताहन्तमा चिनियाँ शहरहरूमा कोभिड नियमहरूविरुद्ध दुर्लभ विरोध प्रदर्शनपछि ‘शत्रु शक्ति’माथि दमन गर्न आह्वान गरेको छ ।  प्रदर्शनकारीहरुले भरिने स्थानमा सुरक्षाकर्मीको भीड बढेको छ ।

चीनभर घरेलु कानुन प्रवर्तनको निरीक्षण गर्ने सत्तारुढ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक र कानुनी मामिला आयोगले कानुन बमोजिम ‘शत्रु शक्तिहरूद्वारा घुसपैठ र तोडफोड गर्ने गतिविधि रोक्न आवश्यक’ रहेको जनाएको छ ।

कोभिडविरुद्ध कडा कदम चाल्न माग गर्दै सप्ताहन्तमा सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरुले चीनका राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागेका थिए ।

देशका स्वास्थ्य अधिकारीहरूले तालाबन्दी लगाइनुपर्ने बताएका छन् । चीनमा पछिल्ला दिनमा ठूलो संख्यामा कोभिड संक्रमित देखिएका छन् । पछिल्लो समयमा यहाँ दैनिक संक्रमितको संख्या ४० हजार नाघेको छ । यो कोरोना अवधिकै उच्च हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *