एक डोज औषधिको मूल्य झण्डै ४६ करोड !

यूएस एफडीएले दियो प्रयोगका लागि अनुमति

एजेन्सी । अमेरिकाको ‘फेडरल ड्रग एडमिनिस्ट्रेसन’ (यूएस एफडीए) ले ‘संसारकै महंगो औषधि’ प्रयोगका लागि अनुमति दिएको छ । यो औषधिको मूल्य एक डोज बराबर ३.५ मिलियन डलर (४५ करोड ६९ लाख नेपाली रुपैयाँ) तोकिएको छ ।

यो औषधिको नाम हो हेमजेनिक्स । नसाबाट खोपको रुपमा दिईने यो औषधि अत्यन्तै दुर्लभ मानिने रोग हेमोफिलिया -बी का बिरामीमा प्रयोग हुने बताइएको छ । हेमोफिलिया -बी रगत सम्वन्धी बंशाणुगत रोग हो । यो रोग लागेपछि बिरामीहरुमा रक्तश्रावको समस्या हुनसक्छ ।

वैज्ञानिकहरुका अनुसार यो औषधिले हेमोफिलिया बी का बिरामीहरुलाई ठिक गरेको छ । तर यसको विकास गर्नका लागि लागेको श्रोत साधन र प्रविधिका कारण यसको मूल्य बढी भएको हो । कसैको शरीरमा रगत जम्ने प्रक्रिया कम हुँदै गयो भने उसको शरीरबाट रगत बहन थाल्छ । हेमोफिलिया बी भएको व्यक्तिमा अनियन्त्रित रुपमा रक्तश्राव हुने जोखिम रहन्छ ।

हेमोफिलिया बी समस्याबाट महिला भन्दा पुरुष बढी पिडीत छन् । यो रोगबाट विश्वभर कति व्यक्ति पीडित छन् भनेर अनुमान गर्न गाह्रो छ तर अमेरिकामा करीव ८ हजार पुरुषहरु यो रोगबाट पीडित भएको बताइएको छ ।

एक अध्ययन्ले अमेरिकामा हेमोफिलिया बी बाट पीडित बिरामीले आफ्नो पुरा जीवनमा औषधि उपचारका लागि २१ देखि २३ मिलियन डलर अर्थात २ अर्व ७४ करोड ३ अर्ब रुपैयाँसम्म खर्च रुपैयाँ खर्च गर्दछ । हेमोजेनिक्स खोप एक डोज दिएपछि जीवनभरका लागि थप औषधि गर्न नपर्ने भएकोले बिरामीलाई लागतमूल्यमा कम पर्ने दावी गरिएको छ ।

यो औषधिलाई एफडीएले यत्तिकै मान्यता दिएको होईन । दुईवटा अध्ययनबाट यसको प्रभावकारिता देखिएपछि प्रयोगका लागि अनुमति दिइएको बताइएको छ । अमेरिकामा ५४ जना बिरामीमा गरिएको परीक्षणमा हेमजेनिक्स लिएपछि अनियन्त्रित रक्तश्रावको समस्या आधाभन्दा बढीले कम भयो ।

त्यसो त यो औषधिको साइड इफेक्ट पनि हुने गरेको बताइएको छ । टाउको दुख्ने, कलेजोमा इन्जाइमको मात्रा बढी हुने लगायतका समस्या देखिने भएकोले चिकित्सकको निगरानीमा यो औषधि लिनु पर्ने बताइएको छ ।

एफडीएका सेन्टर फर बायोलोजिक्स इभ्याल्युएसन एण्ड रिसर्चका निर्देशक पीटर माक्र्स नयाँ औषधिले हेमोफिलियाको बिरामीको उपचारका लागि थोरै राहत मिलेको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *