रबि लामिछानेसंग फराकिलो मतान्तरले पराजित भए पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसंग फराकिलो हार व्यहोरेका उमेश श्रेष्ठ अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका राज्यमन्त्री हुन् । त्यस अघि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा केही समय राज्यमन्त्रीकै भूमिकामा थिए ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका श्रेष्ठले यसपटक सोही पार्टीको तर्फबाट चितवन २ मा प्रत्यक्ष तर्फको उम्मेद्धार बन्ने अवसर पाएका थिए । सत्ता गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका कारण सहज जीतको आशा राखेका थिए । तर झण्डै पाँच महिना अघि पार्टी निर्माण गरि निर्वाचनमा होमिएका रबिले ३४ हजार बढी मतान्तरबाट उनलाई पछारे ।

रबिले चितवन २ मा ४९ हजार २६४ मत ल्याई बिजयी हुँदा निकटतम प्रतिस्पर्धी बनेका श्रेष्ठ १४ हजार ९८३ मत मै खुम्चिए । अघिल्लो पटकको निर्वाचनमा विजयी भएका एमालेका उम्मेद्धार कृष्णभक्त पोखरेल तेस्रो हुँदै १४ हजार ६४७ मतमै चित्त बुझाउन विवश भए ।

रबि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा अहिलेसम्म काठमाडौँ उपत्यकामा पाँच सहित छ वटा निर्वाचन क्षेत्रमा बाजी मारिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *