सन् २०२१ मा ४ करोड मानिसले दादुरा खोप लगाएनन्ः डब्लूएचओ

WHO Head-Quater in Geneva, Switzerland.
Copyright : WHO/Pierre Virot

न्युयोर्क, ८ मंसिर । कोभिड–१९ को महामारीको कारणले गर्दा विश्वले अहिले अन्तर्राष्ट्रिय रूपमा धेरै स्थानहरूमा दादुरा फैलिने खतराको सामना गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकी स्वास्थ्य एजेन्सी, रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले बुधवार चेतावनी दिएका छन् ।

दुई संस्थाहरूद्वारा जारी गरिएको संयुक्त प्रतिवेदनअनुसार सन् २०२१ मा ४ करोड बालबालिकाले दादुराको खोपबाट बन्चित भए । यसले कोभिड–१९ महामारीले सिर्जना गरेको बाधाहरूलाई सहयोग गरेको छ ।

विश्व स्वास्थ्य संगठनका दादुरा प्रमुख प्याट्रिक ओ कनरले विगतका वर्षहरूको तुलनामा दादुराका बिरामीको संख्या नाटकीय रूपमा नबढेको तर अब काम गर्ने समय आएको बताए ।

‘हामी एउटा क्रसरोडमा छौं’ उनले टिप्पणी गरे । आगामी १२–२४ महिना धेरै चुनौतीपूर्ण हुनेछन् किनकि विश्वले दादुराको अवस्थालाई न्यून गर्ने प्रयास गरिरहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *