प्रतिनिधि सभा सदस्य निर्वाचन ::

ललितपुर – ३ बाट डा. तोसिमा कार्की फराकिलो मतान्तरले बिजयी

काठमाडौँ, ८ मंसिर । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा डा तोसिमा कार्की प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पाखा लगाउँदै बिजयी भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्धार बनेकी डा कार्कीले निकटतम प्रतिस्पर्धी १८ हजार बढी मतले हराएकी हुन् ।

बिजयी भएकी डा कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्दा उनका निकटतम प्रस्पिस्पर्धी एमाले उम्मेद्धार अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गरे । सत्ता गठबन्धनको तर्फबाट उम्मेद्धार बनेकी उर्जा मन्त्री समेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसाल ८ हजार ७६९ मतमै रोकिईन् ।

डा कार्कीले ल्याएको मत कुल खसेकोमध्ये ५० प्रतिशत भन्दा बढी हो । ललितपुर क्षेत्र नं २ मा ६१ हजार ६७८ मत खसेको थियो । त्यसमध्ये डा कार्कीले ३१ हजार १३६ (५०.४८ प्रतिशत) मत ल्याएकी हुन् ।

डा. कार्की यसअघि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । उनी पाटन अस्पतालमा सर्जनको रुपमा कार्यरत थिईन् । पाटनमा उनले राजिनामा दिएर उम्मेद्धारी घोषणा गरेकी हुन् ।

तर काउन्सिल सदस्यबाट राजिनामा नदिएको भन्दै निर्वाचन आयोगले उम्मेद्धारी खारेज गरेको थियो । आयोगले काउन्सिलको सदस्य पदलाई लाभको पद मानेको थियो ।

डा कार्कीले सो निर्णय विरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर गरिन । सर्बोच्चले उनको पक्षमा अन्तरिम आदेश दिएको थियो । सर्बोच्चको आदेशपछि निर्वाचन आयोग पुन भ्याकेट गएको थियो तर पनि सर्बोच्चले मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको व्याख्यासहित आफ्नो पुरानो आदेशलाई निरन्तरता दियो ।

आयोग र अदालतबीचको यो लफडाले डा कार्कीको चर्चा झनै चुलिदै गयो र फराकिलो मतान्तरमा विजयी बन्न सफल भईन् ।

यो सँगै काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा जित हात पारेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-२ मा सोबिता गौतम, काठमाडौं-६ मा शिशिर खनाल, काठमाडौं-७ मा गणेश पराजुली, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *