लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसङ्घको सहयोग

बेरुत, २५ कात्तिक । राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो ।

राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले सो सहयोग उपलब्ध गराएको बिहीबार जनाएको छ । आपत्कालीन सहयोग अन्तर्गत सो सहयोग उपलब्ध गराइएको राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

केही हप्तायतादेखि लेबनानमा हैजाको प्रकोप बढ्दै गएको छ । सो प्रकोपको नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाइ एवम् औषधि उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो ।

बिहीबार उपलब्ध गराइएको सो सहयोगबाट लेबनानका कम्तीमा पनि १५ लाख मानिसलाई हैजाको प्रकोपबाट जोगाउने काममा प्रयोग गरिने बताइएको छ । लेबनानमा केही हप्तायता देखिएको हैजाबाट चार सय ९० जना बिरामी देखिएका छन् । साथै यस प्रकोपबाट यहाँ कम्तीमा पनि १८ जनाको ज्यान गएको बताइएको छ ।

यहाँ गएको अक्टोबर ६ मा चार जनामा पहिलो पटक हैजाका कीटाणु भेटिएका थिए । त्यसयता यहाँ हैजाको सङ्क्रमण फैलिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *