म्यानमारमा तीन करोड ७० हजार नागरिकले कोभिड १९ विरुद्धको खोप लिए

काठमाडौँ, २४ कात्तिक । म्यानमारमा कोरोना भाइरसविरुद्ध लड्न तीन करोड ७० लाख व्यक्तिले खोप लगाएका यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

ती मध्ये तीन करोड ७२ हजार व्यक्ति १८ वर्ष भन्दा माथि रहेका र छ लाख ७० हजार व्यक्ति १८ वर्ष भन्दा कम उमेरका रहेका जनाइएको छ ।

पछिल्लो २४ घण्टामा थप ७० जना कोरोना सङ्क्रमित थपिएपछि म्यान्मारमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६ लाख ३२ हजार चार सय ६१ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा ९ हजार नौ सय ४३ जनामा कोभिड–१९ परीक्षण भएको र दैनिक पोजिटिभ दर ०।७ प्रतिशत रहेको बताइएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण कसैको पनि मृत्यु नभएको जनाइएको छ ।

कोरोना शुरुभएबाट हालसम्म कोरोना सङ्क्रमणको कारण १९ हजार चार सय ८६ व्यक्तिको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *