दक्षिण कोरियामा एकैदिन ६२ हजारभन्दा बढीमा कोरोना संक्रमण

सोल, २३ कात्तिक । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घण्टा यता यहाँ ६२ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका छन् ।

यहाँ गएको २४ घण्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् सोमबार यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलवार ती सङ्क्रमित थपिएका हुन् ।

यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलवार सङ्क्रमित बढेका छन् । अघिल्लो हप्तामा यहाँ बढीमा ५४ हजारमा मात्र सङ्क्रमण देखिएको थियो ।

यहाँ पछिल्लो दिनमा ५९ जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *