नेफ्रोलोजी उपसमूहबाट एघारौँ तहमा तीन जना चिकित्सकलाई बढुवा हुने अवसर

5.3k
Shares

काठमाडौँ, २१ कात्तिक । लोक सेवा आयोगले स्वास्थ्य सेवा मेडिसिन समूह र नेफ्रोलोजी उपसमूह तर्फ एघारौं तहमा तीन जनाको बढुवा गर्ने जनाएको छ ।

तर यसअघि २६ असोजमा सार्वजनिक गरेको सोही समूह र उपसमूहको महिला कोटाबाट एक जना बढुवा गर्ने विज्ञापन रद्ध गरेको बताएको छ ।

आयोगले आइतबारको निर्णय भन्दै आज प्रकाशित गरेको सूचनामा पुरानो विज्ञापन रद्ध गर्दै कार्य क्षमताको मूल्यांकनद्धारा हुने बढुवा तर्फ पदसंख्या संसोधन गरिएको बताएको छ ।

यो सूचनासंगै नेफ्रोलोजी उपसमूहबाट एघारौँ तहमा ३ जनाले बढुवाका लागि प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *