आज धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईदै

काठमाडौं, ६ कात्तिक । आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम मनाइदै छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन देशभरका आयुर्वेद संस्थाहरुमार्फत यो दिवस मनाउने गरिएको छ ।

आयुर्वेदका प्रर्वतक धन्वन्तरिका बारेमा विभिन्न धारणाहरु छन । कसैले समुन्द्र मन्थन गर्दा निस्किएका विष्णु भगावनको अवतार, कसैले धन्वका पुत्र काशीराज दिवोदास नै धन्वन्तरि हुन् भन्दछन् ।

जसरी व्याख्या गरे पनि आयुर्वेदका प्रेमीहरु धन्वन्तरिलाई स्वस्थ व्याक्तिलाई स्वस्थ राख्न र रोगी व्याक्तिलाई रोग निराकरण गर्ने क्रममा सधै सम्झिने गर्छन ।
आज नरदेवीस्थित आयुर्वेद चिकित्सालय र अन्य आयुर्वेद संघ संस्थाहरुमा आरोग्य दिवसको रुपमा धन्वन्तरिको पूजा अर्चना गरी मनाईदै छ ।

यसैबीच धन्वन्तरि जयन्ती तथा आरोग्य दिवसको अवसरमा शुक्रबार आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले गरेको पत्रकार सम्मेलनमा महानिर्देशक डा बासुदेव उपाध्यायले आयुर्वेद र यसका प्रवर्तक धन्वन्तरिको बारेमा विशेष चर्चा गरे । मानव जातीले आफ्नो आहार विहार र निन्द्रा जस्ता व्यवहारलाई ध्यान नदिदा अस्वस्थता बढ्दै गएको बताए ।

स्वस्थ रहने उपाय आफैसंग छ भन्ने कुरालाई मनन गरी प्रत्येक व्यक्तिले संयमित जीवनशैली, उचित आहार विहार योगसन, ध्यान, प्राणायम आदिको माध्यमबाट सामान्य स्वाथ्यको नियमलाई व्यवहारमा उतार्नुपर्ने बताए । उनले स्वस्थ जीवनशैलीको माध्यमबाट नै आरोग्य, आत्मविश्वास र वौद्धिक मनोवल बृद्धि गर्न सकिने बताए ।

तत्कालिन समयमा आयुर्वेदको आठ विभागमा अस्टांग आयुर्वेदको नाममा विकास भएको देखिन्छ । विशेष गरेर धन्वन्तरि सम्प्रदायले भगवान धन्वन्तरिलाई शल्यतन्त्र (विज्ञान)को ज्ञाता तथा समस्त आयुर्वेदकै सर्जकको रुपमा लिने गरेको पाइन्छ ।

कार्यक्रममा विभागका डा मुनकर्ण थापाले स्वस्थ जीवनशैलीका लागि विभिन्न अभियान सुरु गरेको चर्चा गर्दै यसलाई स्थानीय तहसम्म पुर्‍याइएको बताए । उनले देशका ७७ वटै जिल्लामा आयुर्वेद चिकित्सा सेवा, जेष्ठ नागरिक सेवा, स्तनपायी आमा दुग्घ वर्धक औषधि वितरण, नागरिक आरोग्य कार्यक्रम विद्यालय आयुर्वेद तथा योग कार्यक्रम, आयुर्वेद शिविर, खुल्ला योग तथा व्यायम लगायतका कार्यक्रमहरु सञ्चालन भएको बताए ।

यस्तै विभागका डा बंशदीप खरेलले आयुर्वेद र धन्वन्तरिको चर्चा गर्दै विभागले पछिल्ला समयमा गरेका कामका चर्चा गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *