डेंगु संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौँ, ३० असोज । नेपालमा डेंगु संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमध्ये ४८ जनाको मृत्यु भएको छ ।

सरकारले देशका ७७ वटै जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरेको छ ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। त्यस यता नेपालमा बर्षेनी डेंगुका बिरामी फेला परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *