चौबिस घण्टामा थप ३८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ, १२ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप १ जना संक्रमित बिरामीको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार थप २ हजार ८१८ नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी चौबिस घण्टामा थप ५२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १४ भक्तपुरमा १ र ललितपुरमा ३ जना थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार १२२ रहेको छ । जसमध्ये होमआइसोलेसनमा १ हजार ७० र संस्थागत आइसोलेसनमा ५२ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १२ जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *