चौबिस घण्टामा थप ५४ जनामा कोरोना संक्रमण, ७६ जना डिस्चार्ज

काठमाडौँ, ११ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ७६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ३ हजार ८२९ नमुना परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४४ रहेको छ । जसमध्ये होमआइसोलेसनमा १ हजार ९४ र संस्थागत आइसोलेसनमा ५० जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १२ जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या पनि शून्य रहेको छ ।


Leave a Reply

Your email address will not be published.