अमेरिकामा बढ्यो मानसिक स्वास्थ्य समस्या, ६५ वर्ष मुनिका सबैलाई मानसिक स्वास्थ्य जाँच गराउन सुझाव

न्युयोर्क । अमेरिकी नागरिकमा डिप्रेसनको दर तिब्र गतिमा बढेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले ६५ वर्ष मुनिका सबै नागरिकको एन्जाइटी र मानसिक स्वास्थ्यको जाँच गर्न निर्देशन दिएका छन् ।

पछिल्ला दिनमा दीर्घ कोभिड तथा महंगीका कारण आर्थिक अवस्था खस्कदै जाँदा व्यक्तिहरुमा तनाव बढेको अनुमान गरिएको छ ।
युएस प्रिभेन्टिभ सर्भिसेज टास्क फोर्स एडभाइजरी ग्रुप भन्छ, ‘यो जाँच पछि अमेरिकी जनतामा मानसिक तनाव कम गर्न सहयोग पुग्नेछ ।’

यसअघि स्वास्थ्य अधिकारीहरुले बालबालिका तथा किशोर किशोरीहरुको पनि मानसिक स्वास्थ्य जाँच गराउन सरकारलाई सिफारिस गरेको थियो ।

कोरोना र लकडाउन एन्जाइटीको मुख्य कारण
ह्युमन हेल्थ तथा सर्भिस डिपार्टमेन्टले बनाएको यो प्यानलले कोभिड १९ सुरु हुनु अघि नै रिपोर्ट बनाएको थियो । मेसाचुसेट्स चान मेडिकल स्कुलका प्राध्यापक समेत रहेका टास्क फोर्सका सदस्य लोरी पवर्टले एन्जाइटी बढ्नुका कारणहरुमा अपराधिक गतिविधिहरुमा बृद्धि हुनु, लामो समय भएको लकडाउनको तनाव र कोभिडमा आफन्तको निधन हुनु हो ।

टास्क फोर्सले गरेको अध्ययनमा २०२० को अगष्ट देखि २०२१ को फेव्रअरी सम्ममा बयस्कहरुमा डिप्रेसन तथा एन्जाईटीको समस्या ३६.४ प्रतिशतबाट बढेर ४१.५ प्रतिशत पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको पहिलो लहरमा मासिनहरुमा डिप्रेसन तथा एन्जाइटीको समस्या २५ प्रतिशतले बृद्धि भएको थियो । अमेरिका २५ प्रतिशत पुरुष र ४० प्रतिशत महिला एन्जाइटीको शिकार हुने गरेको सरकारी तथ्यांकमा उल्लेछ ।

अध्ययन् अनुसार पुरुषको तुलनामा महिलाहरुमा एन्जाइटीको खतरा दोब्बर बढी हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *