भारतमै बन्यो पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप, केही महिना भित्र बजारमा आउने

नयाँ दिल्ली । विश्वकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप विकास गरेको छ । यो खोप छिटै बजारमा आउने समेत बताइएको छ ।

विश्वको तथ्यांक हेर्दा पाठेघरको मुखको क्यान्सर महिलाहरुमा हुने चौथो प्रमुख क्यान्सर हो । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर सन् २०२० मा ६० लाख ४ हजार नयाँ केशहरु फेला परेको अनुमान छ । यस्तै सोही वर्ष संसारभर ३ लाख ४२ हजार जनाको पाठेघरको मुखको क्यान्सरकै कारण मृत्यु भएको बताइन्छ । डव्लुएचओले त्यसवर्ष पत्ता लागेका नयाँ केश र मृत्युमध्ये ९० प्रतिशत कम र मध्यम आय भएका देशहरुमा भएको बताएको छ ।

पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) ले हुने गर्दछ । एचपीभी टाइप १६ र १८ मात्रै पाठेघरको मुखको क्यान्सरका हुनका लागि ७० प्रतिशत जिम्मेवार ठानिन्छ । भारतको बायोटेक्नोलोजी विभागका अनुसार भारतमा बनेको एचपीभी खोपले एचपीभी टाइप १६ र १८ संगै टाइप ६ र ११ मा पनि काम गर्छ ।

सेरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले स्वदेशमा विकसित भएको एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरबाट हुने महिलाको मृत्युलाई रोक्न सतप्रतिशत प्रभावकारी हुने बताए ।

उनले अबको केही महिनामा खोप बजारमा आउने भन्दै सुरुमा भारतीय बजार र त्यसपछि विश्व बजारमा यसको उपलव्धता हुने जानकारी दिए । उनले नयाँ खोपको मूल्य २.५१ डलर देखि ५.०३ डलरसम्म हुन सक्ने जानकारी दिए ।

कम्पनीले दुई वर्षमा करीव २० करोड डोज उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यो खोप ९ देखि १४ वर्षका बालिकाहरुलाई दुई डोजमा र १५ देखि २६ वर्षका महिलाहरुलाई तीन डोजमा सुईद्धारा दिईने बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *