गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्य मन्त्री डा. टेमिडोद्धारा राजिनामा

लिस्वन । गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्य मन्त्री डा मार्टा टेमिडोेले पदबाट राजिनामा दिएकी छन् । अस्पतालको प्रसूती वार्डमा ठाँउ नभएपछि दोस्रो अस्पताल लैजाने क्रममा गर्भवती भारतीय पर्यटकको मृत्यु भएको बताइएको छ ।

भारतीय ३४ वर्षीया गर्भवतीको स्वास्थ्यमा समस्या आएपछि लगिएको अस्पतालमा ठाँउ नपाएपछि अर्को अस्पतालमा लगिएको थियो । सो क्रममा उनको हृदयघात भएर ज्यान गएको बताइएको छ ।

डा मार्टा टेमिडो सन् २०१८ साल देखि पोर्चुगलकी स्वास्थ्य मन्त्री रहेकी थिईन् । यसअघि उनले पोर्चुगललाई तुलनात्मक रुपमा कम क्षति गराई कोरोना महामारीबाट मुक्त गर्ने श्रेय पाएकी थिईन् ।

तर मंगलबार सरकारको तर्फबाट जारी विज्ञप्तीमा डा टेमिडोलाई उदृत गर्दै भनिएको छ, ‘उहाँले अब पदमा बसिरहन कुनै कारण नभएको महसुस गर्नु भएको छ ।’

पोर्चुगलका समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु, स्वास्थ्यमन्त्री डाक्टर टेमिडोको राजिनामाको प्रमुख कारण भएको पुष्टी गरेका छन् । प्रधानमन्त्री कोष्टाले स्वास्थ्य मन्त्री डा डेमिडोद्धारा आएको राजिनामालाई स्वीकृत गर्दै अहिलेसम्मको कामको लागि धन्यदाव दिएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पोर्चुगलको सबैभन्दा ठूलो सान्टमारिया अस्पतालको नियोनेटोलजी युनिटमा ठाँउ नभएछि ती भारतीय पर्यटकलाई लिस्बनको अर्को अस्पतालमा लगिदै थियो । यहि क्रममा उनको मृत्यु भएको हो ।

समाचार एजेन्सी एएनआईको अनुसार लिस्बनीसथ साओ फ्रान्सिस्को जेभियर अस्पताको सेन्टर सीएचयुएलएनका अनुसार ती गर्भवती महिलाको इमरजेन्सी सिजेरियन सेक्सन गरियो र ७२२ ग्रामको नवजात शिशु निकालिएको र आईसीयूमा भर्ना गरिएको थियो ।

अस्पतालले आमाको आईसीयूमा भर्ना गरेकै बखत उनको मृत्यु भएको बताएको छ ।

नवजात शिशुलाई भने बचाउन सफल भएको अस्पतालले जनाउको छ । अस्पतालले महिलाको मृत्युको बारेमा छानवीन सुरु गरेको जनाएको छ ।

त्यसो त पछिल्ला केही महिनामा पोर्चुगलमा धेरै यस्ता अन्य घटनाहरु पनि छन् । जसमा आमालाई एक अस्पतालबाट अर्को अस्पतालमा लैजान र उपचार ढिलाई हुँदा दुई जना नवजात शिशुको मृत्यु भएको घटना समेत छन् ।

पोर्चुगलमा स्वास्थ्यकर्मीहरुको अभाव भएको बताइने गरेको छ । सरकारले अभाव भएकै कारण विदेशबाट स्वास्थ्यकर्मी र विशेषगरी स्त्री रोग विशेषज्ञहरुलाई विदेशबाट ल्याएर आफ्ना नागरिकलाई सेवा दिने सोच बनाएको बताइने गरेको छ ।

स्त्री तथा प्रसूति डाक्टरको अभावकै कारण प्रसूतिसम्वन्धी थुप्रै ईकाईहरु बन्द भएका छन् । त्यसको असर ठूला अस्पतालहरुमा परेको बताइने गरेको छ ।

स्वास्थ्य मन्त्री रहेका बेला डा टेमिडोले स्वास्थ्यकर्मी कमी भएको कारण कैयौँ आपतकालिन प्रसूति सेवा बन्द गराएकी थिईन ।

देशको विपक्षी पार्टी, नगर निकाय तथा चिकित्सक तथा नर्सहरुको संगठनले यसको दोस्रो पूर्व स्वास्थ्य मन्त्रीलाई दिने गरेका छन् । उनीहरुले प्रसूती सेवा बन्द गर्ने निर्णयले धेरै महिलाहरुले निकै टाढाको अस्पताल जानु पर्ने बाध्यता र त्यसले ज्यानै जाने जोखिम बढेको आरोप लगाएका छन् ।

पोर्चुगलको चिकित्सक संघका अध्यक्ष माइगल गुईमरेसले स्थानीय सञ्चारमाध्यम आउटलेट आरटीपीसंग कुरा गर्दै भने, स्वास्थ्य मन्त्री डा टेमिडोको राजिनामा यसकारण आयो कि उनी माथि अव यसलाई सुल्झाउने अरु उपाय नै थिएन । यद्धपी उनले देश गम्भीर स्वास्थ्य संकटमा फसिरहेको बेला उनको राजिनामा आउने शंका आफूले नगरेको बताए ।

राजिनामा दिएकी स्वास्थ्य मन्त्री डा टेमिडोलाई कोभिड विरुद्धको खोप अभियानमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउने गरिएको छ । बीबीसी हिन्दीबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *