मुटु र जीवनको नाता

मुटु स्वस्थ भए जीवन सुखी बन्छ
 मुटु बलियो भए जीवन सशक्त बन्छ
 मुटु नियमित धड्किए जीवन संगीतमय बन्छ
 मुटु हाँसे जीवन हाँस्छ
मुटु रोए जीवन रुन्छ ।
चूरोट तान्यो जीवन छोट्टिन्छ
 घिरौलो खाए जीवन लम्बिन्छ
 आइसक्रिमले जीवन पग्लिन्छ
 स्याउ र केराले जीवन लम्बिन्छ ।
जस्तो थप्यो तेस्तै बन्छ
सूर्ति थप्यो क्यान्सर र हार्ट अट्याक बन्छ
 नून थप्यो प्रेशर बन्छ
 रक्सी थप्यो धड्कन गडबड बन्छ
 टेन्सन थप्यो हाईपरटेन्सन बन्छ ।
हो जस्तो थप्यो तेस्तै बन्छ
लौका थप्यो जीउ स्लिम बन्छ
 लसून थप्यो रगत पातलो बन्छ
 हरियो तरकारी र फलफूलले रोग जती चिलिम बन्छ
 आत्म सन्तोष र प्रशन्नता थपे जीवन झिलिमिली बन्छ ।
त्यसैले साथी म भन्छु, मुटुमा
आलुको सट्टा लौका थपौं
 चिनीको सट्टा लसून थपौं
 मैदाको सट्टा केरा र स्याउ थपौं
 नूनको सट्टा जीरा मरिच थपौं ।
यस्तै गरि
सूर्तिको सट्टा त्रिफला थपौं
 रक्सीको सट्टा फलफूलको रस थपौं
 अल्छीपनाको सट्टा सक्रियता थपौं
 लोभीपनाको सट्टा उदारमन थपौं ।
किनकी
जस्तो थप्यो त्यस्तै बन्छ
 जस्तो बनायो त्यस्तै बन्छ
 लम्ब्यायो लम्बिन्छ, छोट्यायो छोट्टीन्छ ।
मुटु र जीवनको नजिकको छ नाता
मुटुमा रोग थपे जीवन दुःखी बन्छ
 मुटुमा उर्जा थपे जीवन उर्जावान बन्छ
 मुटुमा उर्जा थपे जीवन सशक्त बन्छ ।
सम्पर्क इमेल : [email protected]




