गीत

मुटु र जीवनको नाता

548
Shares
डा प्रकाशराज रेग्मी (बरिष्ट मुटुरोग विशेषज्ञ)

मुटु स्वस्थ भए जीवन सुखी बन्छ
मुटु बलियो भए जीवन सशक्त बन्छ
मुटु नियमित धड्किए जीवन संगीतमय बन्छ
मुटु हाँसे जीवन हाँस्छ

मुटु रोए जीवन रुन्छ ।

चूरोट तान्यो जीवन छोट्टिन्छ
घिरौलो खाए जीवन लम्बिन्छ
आइसक्रिमले जीवन पग्लिन्छ
स्याउ र केराले जीवन लम्बिन्छ ।

जस्तो थप्यो तेस्तै बन्छ

सूर्ति थप्यो क्यान्सर र हार्ट अट्याक बन्छ
नून थप्यो प्रेशर बन्छ
रक्सी थप्यो धड्कन गडबड बन्छ
टेन्सन थप्यो हाईपरटेन्सन बन्छ ।

हो जस्तो थप्यो तेस्तै बन्छ

लौका थप्यो जीउ स्लिम बन्छ
लसून थप्यो रगत पातलो बन्छ
हरियो तरकारी र फलफूलले रोग जती चिलिम बन्छ
आत्म सन्तोष र प्रशन्नता थपे जीवन झिलिमिली बन्छ ।

त्यसैले साथी म भन्छु, मुटुमा

आलुको सट्टा लौका थपौं
चिनीको सट्टा लसून थपौं
मैदाको सट्टा केरा र स्याउ थपौं
नूनको सट्टा जीरा मरिच थपौं ।

यस्तै गरि

सूर्तिको सट्टा त्रिफला थपौं
रक्सीको सट्टा फलफूलको रस थपौं
अल्छीपनाको सट्टा सक्रियता थपौं
लोभीपनाको सट्टा उदारमन थपौं ।

किनकी

जस्तो थप्यो त्यस्तै बन्छ
जस्तो बनायो त्यस्तै बन्छ
लम्ब्यायो लम्बिन्छ, छोट्यायो छोट्टीन्छ ।

मुटु र जीवनको नजिकको छ नाता

मुटुमा रोग थपे जीवन दुःखी बन्छ
मुटुमा उर्जा थपे जीवन उर्जावान बन्छ
मुटुमा उर्जा थपे जीवन सशक्त बन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *