कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर माथि यसरी भएको थियो कुटपिट (भिडियो)

प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारीद्धारा आन्दोलनको घोषणा

काठमाडौँ, ३ भदौ । विहीबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरमाथि त्यहिका एक जना कर्मचारीले निर्मम प्रहार गरेका छन् । नेपाली हेल्थले प्राप्त गरेको सीसी टिभि फुटेजमा डाक्टरलाई पहिले मुक्का हानेर लडाएको र त्यसपछि मुखमा लात्तीले हानेको प्रष्ट देखिएको छ ।

अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा करण साहमाथि त्यहि अस्पतालकै प्रशासन तर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् । कुटपिटबाट डा साहको टाउको तथा पेटमा चोट लागेको थियो ।

कुटपिट गरेका कर्मचारी धनबहादुर शाही अहिले प्रहरीले नियन्त्रण छन् । उनलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको बताएको छ ।

यसैबीच प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले दोशीमाथि राम्ररी अनुसन्धान गरी कारवाही गर्न माग गरेका छन् । शाहीले डाक्टरमाथि कुटपिट गर्दै ज्यानमार्ने धम्की समेत दिएको भन्दै कडा कारवाहीको माग गरेका हुन् ।

उनीहरुले कुटपिटको बिरोधमा शुक्रबार दिउसो बजार परिक्रमा समेत गरेका थिए । उनीहरुले शुक्रबार र शनिबार दुई दिन कालोपट्टी बाधेर काम गर्ने । आइतबार देखि कारवाही नभए पेनडाउन गर्ने घोषणा समेत गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *