रुसमा १० भन्दा बढी सन्तान जन्माउने आमाहरुलाई ‘मदर हिरोइन’को सम्मान दिने पुटिनको घोषणा

मस्को ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोभियत युगका बेला दिईने गरेको मदर ‘हिरोइन पुरस्कार’लाई पुनर्जीवित गरेका छन् । यो पुरस्कार १० भन्दा बढी सन्तान जन्माउने आमाहरुलाई दिईन्छ ।

पुटिनले पछिल्लो समय देशमा जन्मदर घट्दै गएपछि यो पुरस्कार पुनर्जीवित गरेको बताइन्छ ।

गत सोमबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा पुटिनले मानार्थ उपाधि ‘मदर हिरोइन’लाई पुनर्जीवित गर्ने आदेशमा हस्ताक्षर गरेको मस्को टाइम्सले जनाएको छ ।

दोस्रो विश्वयुद्धको समयमा त्यतिवेलाको सोभियत संघले भारी मात्रामा आफ्ना नागरिक गुमाएको थियो । त्यसबेलाका सोभियत नेता जोसेफ स्टालिनले जनसंख्या पुर्ति गर्न सन् १९४४ मा हिरोइन मदरको पुरस्कारको स्थापना गरेका थिए । सन् १९९१ मा सोभियत संघको पतनपछि यो उपाधि प्रदान गर्न बन्द गरिएको थियो ।

मदर हिरोईन उपाधी १० वा सो भन्दा बढी बच्चा जन्माउने र हुर्काउने महिलाले जित्नेछन् ।

पुटिनको आदेश अनुसार मदर हिरोइनलाई आफ्नो १० औँ जीबित बच्चा एक वर्षको हुने वित्तिकै सरकारले सम्मानसंगै १० लाख रुबल नगद दिनेछ ।
स्थानीय रिपोर्टहरुका अनुसार त्यसरी बच्चा जन्माएका आमाहरुले युद्धमा वा आतंकबादी हमलामा आफ्ना बच्चा गुमाए पनि सो पुरस्कार पाउनेछन् ।
मदर हिरोइन पुरस्कारलाई पनि सरकारले देशकै प्रख्यात हिरो अफ रसिया र हिरो अफ लेवर जस्ता राष्ट्रिय रुपमा उच्च सम्मानित पुरस्कारकै दाँजोको हुने बताएको छ ।

पुटिनले यो पुरस्कारलाई पुर्नस्थापित गर्ने कुरा गत १जुनमा रसियाको बाल दिवसको दिन गरेका थिए । उनले रुसको जनसांक्खिकीय संकटको सामना गर्न यस्तो उपाय गर्न लागेको बताएका थिए ।

रुसको जनसंख्या दशकौँ देखि निरन्तर घटदै गईरहेको छ । सरकारी तथ्यांक अनुसार त्यहाँ जनवरी र मे महिनाबीचको तथ्यांक केलाउँदा प्रतिमहिना औषत ८६ हजारको दरले जनसंख्यामा कमी आएको छ । यस्तै अनुमानित ७५बढी आप्रवासीले देश छाडेका छन् ।

रुसको जनसंख्या अहिले १४ करोड ५१ लाख रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *