यस्तो छ स्वास्थ्य सेवाका कर्मचारीहरुको बृद्धि भएको नयाँ तलवमान


काठमाडौँ, ३१ साउन । सरकारले १ साउन २०७९ बाट लागु हुने गरी कर्मचारीहरुको नयाँ तलवमान सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७९/८० को बजेट बक्तव्यमा बृद्धि भएको नयाँ तलवमान सोमबार सार्वजनिक गरेको हो । त्यसमा विभिन्न सेवा अन्तरगर्तका कर्मचारीहरुको तह र ग्रेड अनुसारको तलव उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको नयाँ तलव मानमा स्वास्थ्य सेवा तर्फ अधिकृत १२ औँ तहका कर्मचारीको सुरु तलव ७२ हजार ८२ रुपैयाँ कायम गरिएको छ । ग्रेड संख्या र ग्रेड दर सहित कुल तलव भने ७६ हजार ८८८ रुपैयाँ तोकिएको छ ।

यस्तै अधिकृत एघारौँ तहको ६६ हजार ५३८ रुपैयाँ, दशौँ तहको ६४ हजार ३५९ रुपैयाँ, नवौँ तहको ५९ हजार ४०५ रुपैयाँ कायम गरिएको छ ।
स्वास्थ्यको सबैभन्दा तलको तह सहायक प्रथमको मासिक तलव ३२ हजार ९३२ रुपैयाँ रहेको छ ।

हेर्नुहोस १ साउन देखि लागू भएको स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलवमान

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *