चौबिस घण्टामा ४५५ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौँ, २९ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ८ सय २९ नमुना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा थप ३ सय २ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ सय ५२, ललितपुरमा ४८ र भक्तपुरमा ५ जना गरी उपत्यकामा २ सय ५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३५ रहेको छ । त्यसैगरी आइसीयूमा ६५ जना र भेन्टीलेटरमा २ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *