सोनिया गान्धीलाइ फेरि कोरोना संक्रमण

नयाँ दिल्ली, २८ साउन । भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित भएकी छन्।

उनी कोरोना भाइरसबाट अहिले दोस्रो पटक सङ्क्रमित भएकी छन् । उनी यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी थिइन् ।

उनमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ ।

नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम अनुसार घरमा छुट्टै बस्नु भएको कांग्रेस नेता जयराम रमेशले जानकारी दिए।

उनलाई परिवार भित्रैबाट सङ्क्रमण सरेको अनुमान गरिएको छ । उनकी छोरी तथा पार्टीकी महासचिव प्रियङ्का गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको थियो ।

सोनियाका छोरा तथा पार्टीका पूर्व अध्यक्ष राहुल गान्धी पनि बिरामी भएका छन् । उनी सहभागी हुने तय गरिएका कतिपय कार्यक्रम पनि स्थगित गरिएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *