उत्तर कोरियामा अनिवार्य मास्कको प्रावधान हटाइयो

एजेन्सी । उत्तर कोरियाले अनिवार्य मास्कको प्रावधान हटाएको छ । कोभिड—१९ संक्रमणमा कमी भएपछि सरकारले मास्क लगाउनुपर्ने प्रावधान हटाएको हो ।

यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङले कोभिडमाथि विजय हाँसिल गरेको घोषणा गरेका थिए ।

देशमा सिर्जना भएको जनस्वास्थ्य संकट पूर्णतया निस्क्रिय भएको प्योङयाङको आधिकारिक समाचार संस्था कोरिया सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।

सम्पूर्ण क्षेत्रलाई सबैभन्दा छोटो अवधिमा घातक भाइरसबाट मुक्त गरिएपछि भाइरस प्रतिबन्ध सहज बनाइएको पनि उक्त संस्थाले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *