भारतमा थप १६ हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, २७ साउन । पछिल्लो चौबिस घण्टामा भारतमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो चौबिस घण्टाम १६ हजार ५ सय ६१ नयाँ सङ्क्रमित थपिएका ।

यससँगै भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या चार करोड ४२ लाख २३ हजार पाँच सय ५७ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख २३ हजार पाँच सय ३५ रहेको छ । त्यसैगरी १८ हजार ५३ जना कोरोना मुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट गएको चौबिस घण्टामा ४९ जनाको मृत्यु भएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *