उत्तर कोरिया कोभिडबिरुद्धको युद्धमा विजयी भएको नेता किम जोङ उनको घोषणा

काठमाडौँ, २६ साउन । उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड–१९ विरूद्धको युद्धमाथि विजय हासिल गरेको घोषणा गरेका छन्।

झण्डै दुई सातासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले बुधबार यस्तो घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको अध्यक्षता गर्दै किमले विश्वव्यापी महामारीका रूपमा फैलिएको घातक रोग विरुद्धको युद्धमा विजय प्राप्त गरेको घोषणा गरेका हुन्। उनले भाइरसमाथि आफूहरूले चमकदार विजय घोषणा गरेको भन्दै उत्तर कोरियालीहरूको अदम्य दृढता को प्रशंसा गरे।

महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो।

यो सँगै उत्तर कोरियामा लगाएका सबै प्रतिबन्ध हटेका छन्। ओमिक्रोन देखिएपछि उसले अधिकतम आपतकालीन महामारी रोकथाम प्रणाली सक्रिय पारेको थियो। उसले सुरुमा परीक्षण नै नगरी ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो।

यसैबीच बिबिसीका अनुसार किम आफैं ज्वरोले ग्रस्त थिए। उनकी बहिनीका अनुसार किमलाई कोरोना प्रकोपको समयमा ज्वरोले ग्रस्त पारेर गम्भीर बिरामी बनाएको थियो। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *